मुगुको स्याउले बजार पाएन
मुगु। मुगुको स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन्। स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन्। स्याउ किसान टक्कबहादुर शाहीले भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ।”
यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए। उनले भने, “६ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment