निमोनियाले सिकिस्त बालकलाई थप आर्थिक सहयोग

डिसी नेपाल
११ असोज २०७९ १२:१५

खोटाङ। निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई थप आर्थिक सहयोग जुटेको छ । निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्ति बाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई पत्रकार कृष्णकला राईको पहलमा थप ७८ हजार ५०९ रुपैयाँ सहयोग जुटेको हो ।

बेलायतबाट रत्न राईको पहलमा ११ दाताबाट ८१ हजार आठ सय रुपैयाँ र कुवेतबाट प्रशान्त चाँदनी राईबाट पाँच हजार ७०९ रुपैयाँ सहयोग प्राप्त भएको हो । शुभेच्छुकबाट प्राप्त भएको सहयोग रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राईमार्फत बालकका आमा मनिला राईलाई हस्तान्तरण गरिएको छ ।

यसअघि पत्रकार राईको पहलमा बिरामी बालकको उपचारका लागि ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको थियो । बिरामी बालक उपचारपछि घर फर्किसकेकाले संकलित रकम बालकको नाममा खाता खोलेर जम्मा गरिदिएको पत्रकार राईले बताइन् ।

हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिलाको दोश्रो सन्तान रेवनलाई २६ भदौ राति कान्ति बाल अस्पताल लगिएको थियो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *