भारी वर्षाले दिक्तेलका घरमा क्षति

डिसी नेपाल
१३ असोज २०७९ १६:३०

खोटाङ । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए ।

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ । यस्तै, नारायण राईको घरमा वर्षाको भलपानी पसेको छ । वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा क्षती पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए ।

कतिपय स्थानीयको पहिरोले खोर पुरिँदा बाख्रा मरेका छ्न । हाल क्षतिको सिफारिस माग्ने पीडित वडा कार्यालयमा धाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक ठूलो क्षतिको जानकारी नआएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *