टेनिस फाइनल खेल्न राजबीरसहितका खेलाडी बैंकक प्रस्थान

डिसी नेपाल
१४ असोज २०७९ २१:४३

काठमाडौं । एशियाका १८ देशका १४ बर्षसम्मका खेलाडीहरुबीचको अन्तर्राष्टिय प्रतिष्पर्धामा भाग लिन नेपालका किशोर टेनिस खेलाडी राजबीर प्रधानसहितको टोली आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।

इन्टरनेशनल टेनिस फेडेरेशन (आइटीएफ)को आयोजनामा अक्टोवर ३ देखि १३ सम्म हुने सो फाइनल प्रतियोगितामा प्रधानसहित नेपालबाट ४ खेलाडीहरुले भाग लिएका छन् । आईटीएफ एशिया १४ एण्ड अण्डर डिभलपमेण्ट च्याम्पियनसिप्स २०२२ फाइनल्स नाम दिइएको सो प्रतियोगितामा प्रधानसहित अन्य सहभागी खेलाडीहरुमा धर्षिल श्रेष्ठ, प्रशंशा मोक्तान र आध्य पौडेल छन् । यी चार किशोर खेलाडीका प्रशिक्षक राजकुमार लामा पनि उनीहरुसंगै बैंकक प्रस्थान गरेका छन् ।

किशोर खेलाडीहरुलाई अन्तर्राष्टिय स्तरको फाइनलजस्ता महत्वपूर्ण खेल खेल्नको लागि शुभकामनासहित नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले बिदाइ गरेका थिए । विदाइ कार्यक्रम शुक्रबार टेनिस कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।

जानकारीअनुसार, सो प्रतियोगितमामा पश्चिम एशियाका जोर्डन, इरान र लेबनन, मध्य एशियाबाट काजखस्तान, उज्वेकिस्तान र किर्गिस्तान, दक्षिण एशियाबाट भारत, नेपाल र श्रीलंका, पूर्वी एशियाबाट कोरिया, ताइवान, चीनको हंगकंग, चीन र जापान एवं दक्षिण पूर्वी एशियाबाट थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया र भियतनामका उत्कृष्ठ खेलाडीहरुको सहभागिता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *