साउदी अरेबियाले उमराह भिसा तीन महिनाको लागि लम्ब्यायो

डिसी नेपाल
१७ असोज २०७९ १३:४५

काठमाडौं । साउदी अरब सरकारले सबै देशका नागरिकको उमराह भिसा तीन महिनाका लागि थप गरेको छ । उज्वेकिस्तानको दुईदिने भ्रमणको अन्तिम दिन साउदीका हज तथा उमराह मन्त्री डा. तौफिक अल रबियाहले उक्त घोषणा गरेका हुन् ।

साउदी ग्याजेटको रिपोर्टका अनुसार डा. अल-रबियाहले साउदी राजा सलमान र युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको उज्बेकिस्तान र त्यहाँका जनताको विकासप्रति प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

दुई देशबीचको वार्ता मुख्यतया हज र उमराहको विषयमा थियो।

साउदी सरकारका मन्त्रीले कोरोना महामारीपछि यात्रा प्रतिबन्धमा कमी आएको र थप मानिसलाई अनुमति दिएका कारण यस वर्ष करिब १२ हजार उज्बेक नागरिक हजमा गएको बताए ।

उनले पछिल्लो दुई महिनामा ३६ हजारभन्दा बढी उज्बेक नागरिकले उमराह गरेको पनि जानकारी दिए । तीमध्ये धेरैजसो मदिना पनि गए ।

दुई देशबीचको आपसी सम्बन्धलाई मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो । यससँगै उमराहका लागि सहज रुपमा भिसा पाउने र यात्रालाई राम्रो बनाउने विषयमा पनि छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *