महिषासुरलाई महात्मा गान्धीजस्तो बनाइदिएपछि…

डिसी नेपाल
१७ असोज २०७९ १६:३०

काठमाडौं । आइतबार सारा भारतले महात्मा गान्धीको जन्मजयन्ती मनाइरहेकै बेला पश्चिम बंगालको राजधानी कोलकातामा हिन्दू महासभाले आयोजना गरेको दुर्गा पूजाले नयाँ विवाद सिर्जना गरेको छ ।

वास्तवमा कोलकाताको कस्बा इलाकामा रुबी क्रसिङ नजिकै आयोजित यस पूजामा असुरको मूर्ति ठ्याक्कै महात्मा गान्धीको जस्तै थियो। यस विषयमा राजनीतिक विवाद चर्किएपछि प्रहरीको हस्तक्षेपपछि आयोजकले रातारात मूर्ति परिवर्तन गरेका छन् ।

अहिले भने यो संयोग मात्रै भएको उनीहरूको तर्क छ । हिन्दू महासभाका कार्यकारी अध्यक्ष चन्द्रचूड गोस्वामी भन्छन्, “गान्धीजीले सम्मान गर्न लायक कुनै काम गरेका छैनन्। तर हाम्रो उद्देश्य कसैको भावनामा चोट पुर्याउने थिएन। टाउको खुइले र चस्मा लगाएको व्यक्ति गान्धी नै हो भन्ने जरूरी छैन । असुरले ढाल समातेका छन्, महात्मा गान्धीले कहिल्यै ढाल धारण गरेका छैनन्।”

आइतबार सामाजिक सञ्जालमा निकै भाइरल बनेको हिन्दू महासभाले आयोजना गरेको यो पूजा र मूर्तिको तस्विरमा दुर्गाको मूर्तिसँग बनेको असुरको मुर्तिको अनुहार महात्मा गान्धीको जस्तै रहेको स्पष्ट देख्न सकिन्छ । यो पूजाको तस्विर सामाजिक सञ्जालमा आएपछि विवाद चर्किएको छ ।

पहिले, पश्चिम बंगाल प्रदेश कांग्रेसका सदस्य कौस्तुभ बागचीले आयोजकहरू विरुद्ध टिटागढ पुलिस स्टेशनमा मुद्दा दायर गरे। त्यसपछि कस्वा प्रहरी चौकीमा पनि आपतकालीन मुद्दा परेको थियो । चौतर्फी निन्दा र विवादपछि असुरको अनुहार रातारात बदलियो । मूर्तिको आँखाबाट चस्मा हटाइयो, अनुहारमा जुँगा लगाइयो र शिरमा नक्कली कपाल लगाइयो ।

यस पूजाका आयोजक तथा हिन्दू महासभाका कार्यवाहक प्रदेश अध्यक्ष चन्द्रचूड गोस्वामीले महात्मा गान्धीलाई असुरको रूपमा चित्रण नगरिएको दाबी गरेका छन् । यो संयोग मात्रै थियो । महासभाले यो पूजाको आयोजना गरेको यो पहिलो पटक हो ।

उनले भने, “यो सत्य हो कि असुरको अनुहार गान्धीजीसँग मिल्दोजुल्दो थियो, तर गान्धीजीलाई असुरको रूपमा देखाइएको थिएन, यो संयोग मात्र थियो। तर हामी मोहनदास करमचन्द गान्धीलाई राष्ट्रपिता मान्दैनौं। हामीले नेताजीलाई सम्मान गर्छौं ।” धेरै दबाबका कारण मूर्तिको अनुहार फेरेको र यो सबै प्रहरीले गरेको आयोजकको दाबी छ ।

हिन्दू महासभाका प्रदेश अध्यक्ष सुन्दरगिरी महाराज भन्छन्, “हिन्दू समुदायका मानिसहरू धार्मिकभन्दा दार्शनिक छन्। गान्धीजी कुनै पनि हिसाबले महात्मा थिएनन्, यस्तो अवस्थामा असुरको मूर्ति गान्धीजीजस्तै देखिने हो भने पनि यो केही गलत थिएन।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *