इमरान खानले माफी मागेपछि रद्द भयो मुद्दा

डिसी नेपाल
१८ असोज २०७९ १०:२०

काठमाडौं । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको अवहेलनाको नोटिस खारेज गरेको छ ।

इमरान खानले माफी मागेपछि इस्लामाबाद हाईकोर्टको पाँच सदस्यीय ठूलो बेन्चले यस्तो निर्णय गरेको हो ।

समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै खानका वकिल फैसल चौधरीले भने, “इमरान खानले न्यायपालिकाको सम्मानमा आज माफी मागेका थिए र अदालतले पनि मुद्दा खारेज गर्दै यसलाई स्वीकार गरेको थियो।”

पाकिस्तानी कानून अनुसार यदि कुनै राजनीतिज्ञ यस मामिलामा दोषी पाइयो भने उसलाई कम्तिमा पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराउन सकिन्छ। साथै, उनलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि रोक्न सकिन्छ।

इमरान खानविरुद्ध २० अगस्टमा इस्लामावादको एक र्‍यालीमा आफ्नो भाषणमा अपमानजनक भाषा प्रयोग गरेको र एक महिला न्यायाधीशलाई धम्की दिएकोमा अदालतको अवहेलनाको मुद्दा चलिरहेको थियो।

त्यसपछि इमरान खानले उच्च अदालतमा महिला अतिरिक्त सत्र न्यायाधीशको बारेमा दिएको बयानका लागि माफी माग्ने आश्वासन दिएका थिए । सोमबार अदालतमा हाजिर भएर माफी मागेपछि अदालतले उनीविरुद्धको मुद्दा खारेज गर्दै अवहेलनाको सूचना खारेज गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *