ओलीले लगाए बहिनीहरुबाट भाइटीका
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका ग्रहण गरेका हुन् ।
ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट ग्रहण गरेको उनको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले बहिनीहरुले दिएका कोशेली ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिए ।\

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment