आत्महत्या प्रयासबारे प्रकाश दूतराजको स्पष्टीकरण

डिसी नेपाल
२२ कार्तिक २०७९ ८:३०
584
Shares

काठमाडौं। आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दूतराजले प्रस्टीकरण दिएका छन्। सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो। तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन्।

‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यही कारण पनि म आफूले आफैलाई दुखी बनाउँछु।

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे। म केहि छिन हराउँनु म मर्नु हैन नि।’

उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई। गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *