महाराजगञ्जमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

डिसी नेपाल
२३ कार्तिक २०७९ १९:४३
4.2k
Shares

काठमाडौ । काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा कास्कीका ४७ वर्षीय बेलबहादुर राना र ४१ वर्षीय कल्पना राना मगर रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले दुर्घटनामा भएको ना. ८ ख.१८४१ को ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *