निर्वाचनको कारण देखाउँदै उद्योग वाणिज्य महासंघको आन्दोलन स्थगित
काठमाडौं । यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले हाल संचालित विरोधका कार्यक्रम स्थगित गरेको बताएको छ । बुधबार विज्ञप्ती सार्वजनिक गर्दै महासंघले लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेकाले बिरोध कार्यक्रम स्थगित गरेको हो ।
‘यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै महासंघले तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष माग गरेको छ ।
महासंघले निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताएको छ। ‘निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment