बारामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

डिसी नेपाल
२३ कार्तिक २०७९ २२:००
108
Shares

बारा । धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टर पल्टिदा बुधबार साँझ पचरौतामा चालकको मृत्यु भएको छ ।

खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको हो । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ वर्षीय जवाहिर सहनी रहेका छन् ।

पचरौता नगरपालिका ८ स्थित नहरको बाटो नजिक प्र २ ०३००१ त ४९९१ नम्बरको ट्रयाक्टर पल्टिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.