कविता : क्लिनिक

नारायण कोइराला
२६ कार्तिक २०७९ ८:२४
184
Shares

जाउँ सरकारी हस्पिटलमा
बीमाको कार्ड बोकेर
लामो लाइन पाइन्छ
टिकट लिने ठाउँमा
केरकार गरिन्छ
खोइ बीमारी भनेर

चोटिला सब्द हानिन्छ
जब काउन्टरबाट निस्किन्छ
अर्को लाइनको पेलमपेल
ठेलाम ठेलको उपहार पाइन्छ
लामो संघर्ष पछि डाक्टरको दर्शन हुन्छ

थाकेर बसेका जस्ता उनी दवाई लेखीदिन्छन्
बिमारीहरु दवाई पाइने भयो भन्दै
दवाई काउन्टरमा पुग्छन्
फेरि लामो लाइन उस्तै

असिना पसीनाले निथ्रुक भिजिन्छ
लामो प्रतीक्षा सकिँदा
काउन्टर भित्रबाट आवाज आउँछ
दवाई त छैन हजुर

काउन्टर बाहिरको बीमारी झल्यास हुन्छ
के गरौं हजुर बीमारी बोल्छ
काउन्टर वाला तलको किल्निक देखाउँछ
यो कुराले सरकारी हस्पिटलको खिल्ली उडाउँछ
विवश बिमारीको आखाँ रसाउँछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.