कविता : क्लिनिक
जाउँ सरकारी हस्पिटलमा
बीमाको कार्ड बोकेर
लामो लाइन पाइन्छ
टिकट लिने ठाउँमा
केरकार गरिन्छ
खोइ बीमारी भनेर
चोटिला सब्द हानिन्छ
जब काउन्टरबाट निस्किन्छ
अर्को लाइनको पेलमपेल
ठेलाम ठेलको उपहार पाइन्छ
लामो संघर्ष पछि डाक्टरको दर्शन हुन्छ
थाकेर बसेका जस्ता उनी दवाई लेखीदिन्छन्
बिमारीहरु दवाई पाइने भयो भन्दै
दवाई काउन्टरमा पुग्छन्
फेरि लामो लाइन उस्तै
असिना पसीनाले निथ्रुक भिजिन्छ
लामो प्रतीक्षा सकिँदा
काउन्टर भित्रबाट आवाज आउँछ
दवाई त छैन हजुर
काउन्टर बाहिरको बीमारी झल्यास हुन्छ
के गरौं हजुर बीमारी बोल्छ
काउन्टर वाला तलको किल्निक देखाउँछ
यो कुराले सरकारी हस्पिटलको खिल्ली उडाउँछ
विवश बिमारीको आखाँ रसाउँछ
No ads found for this position
प्रतिक्रिया


Facebook Comment