कांग्रेस महाधिवेशनः मधेस प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

डिसी नेपाल
२५ असोज २०८३ १९:२७
12
Shares

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ।

सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र त्यसको सट्टा नम्बर राखेर पहिचान गरिएको स्पष्ट पारेका छन्।

खड्काका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकालाई प्रदेसको नामका आधारमा नभई क्लस्टर अनुसार नम्बर दिएर वर्गीकरण गरिएको छ। मतपेटिकामा मधेस प्रदेश, कोशी प्रदेश वा अन्य प्रदेशको नाम लेखिएको नभई १, २, ३ लगायतका नम्बर राखिएको उनले बताए।

‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो। मधेस प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भने, ‘मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो। हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *