बूढीगण्डकी बाढी प्रभावित आरुघाट क्षेत्रमा पुगे कुलमान घिसिङ

डिसी नेपाल
२५ असोज २०८३ १७:१७

गोरखा। बूढीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेको गोरखाको आरुघाट क्षेत्रको कुलमान घिसिङले आज स्थलगत निरीक्षण गरेका छन्।

बाढीले आरुघाट क्षेत्रका सडक, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याउँदा स्थानीय जनजीवन, आवागमन र दैनिक गतिविधिमा कठिनाइ उत्पन्न भएको छ।

घिसिङले क्षतिको यथार्थ आकलन गरी अवरुद्ध संरचनाको पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताएका छन्। उनले अहिलेको पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, प्रभावितको उद्धार र पीडितलाई तत्काल राहत उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन्।

घिसिङले सम्बन्धित निकाय, सुरक्षा संयन्त्र, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणलाई आपसी समन्वय र सहकार्यका साथ उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।

विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई एक्लो महसुस हुन नदिन र सबै मिलेर उद्धार, राहत तथा पुनःस्थापनामा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *