कांग्रेस महाधिवेशन : सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना सुरु
काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री र महिला केन्द्रीय सदस्य (खुला) पदको मतगणना कार्य सुरु भएको छ।
आइतबार साँझदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (खुला), सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला खुला) को मतगणना एकसाथ थालिएको हो। मतगणना कार्यलाई द्रुत गतिमा अघि बढाउन निर्वाचन समितिले ६ वटा फरक-फरक स्थानमा गणनाको व्यवस्था मिलाएको छ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि कुल नौ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
यस पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कणेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगानाबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै, एक पदका लागि छुट्याइएको महिला सहमहामन्त्रीमा नानुमैया बास्तोला र प्रतिमा गौतमबीच सीधा भिडन्त छ।
त्यस्तै, १५ पदका लागि छुट्याइएको खुला महिला केन्द्रीय सदस्यमा ३६ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्।
प्रतिस्पर्धी उम्मेदवारहरूमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाई, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी र निर्मला क्षेत्री रहेका छन्।
यसैगरी निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे, सम्झना खत्री, सुमित्राकुमारी बम र सृजना अधिकारी पनि केन्द्रीय सदस्यको दौडमा छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment