लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण माध्यम : माधव कुमार नेपाल {भिडियोसहित}

डिसी नेपाल
४ मंसिर २०७९ ८:५८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नका लागि निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

रौतहट सदरमुकाम गौरस्थीत श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैलाई शासन गर्ने व्यक्ति जनता आफैले रोज्नुपर्नेभएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने समेत बताएका छन् ।

सत्ताको आडमा निरंकुश लादेर कहिले पनि जनताको सामना गर्न नपर्ने दिनहरु अव फर्केर नआउने उनको भनाई छ । अध्यक्ष नेपालले मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरुलाई आफुहरुले असफल बनाएको धारणा पनि राखे ।

उनले आफ्नै जिल्लामा मतदाताकोबीचमा मत खसाल्नुपाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *