मतदान गर्दै ईश्वर पोखरेल भने: ‘मतपरिणाम एमालेको पक्षमा आउँछ’

डिसी नेपाल
४ मंसिर २०७९ ९:५७

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्।

आज बिहान ८ः ३० बजे मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताउनुभयो । उहाँले मतपरिणाम नेकपा ९एमाले०को पक्षमा आउने विश्वास व्यक्त गरेका हुन्।

निर्वाचित भएपछि के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रतिक्रियामा पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ सालको निर्वाचनमा भारी मतान्तरका साथ काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *