झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित

डिसी नेपाल
४ मंसिर २०७९ १२:२७

झापा । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *