विश्वप्रकाशको निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटियो

डिसी नेपाल
४ मंसिर २०७९ १३:२२

झापा । झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ । मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो । मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । झापा क्षेत्र नम्बर– १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *