बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा तोकिएको छ। मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ३८ पैसा र बिक्रीदर १३० रुपैयाँ ९८ पैसा रहेको थियो।
युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसा कायम छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा छ।
सिङ्गापुरे डलरको खरिददर ९५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४७ पैसा र जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।
यसैगरी, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Facebook Comment