नेपाली र भारतीय पक्षबीच दार्चुलाको सीमा क्षेत्रमा विवाद

डिसी नेपाल
१८ मंसिर २०७९ २०:३७
388
Shares

धनगढी । दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा विवाद भएको छ । आइतबार नेपाल–भारत जोड्ने महाकाली नदी माथिको पुलमा लफडा भएको हो ।

भारतले दार्चुलाको महाकाली नदी किनारमा धार परिवर्तन हुने गरी तटबन्धको निर्माण कार्य गरिरहेकोमा सोही विषयलाई लिएर नेपाली नागरिकले विरोध गर्दा विवाद भएको हो ।

आज भएको विवादमा भारतीयले नेपाली नागरिकमाथि दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहारसमेत गरेका छन् । घटनाको विस्तृत विवरण नआएको तर भारतीय नागरिकले ढुंगा प्रहार गर्दा चार नेपाली घाइते भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *