आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

डिसी नेपाल
२१ मंसिर २०७९ ६:४४
116
Shares

काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ। बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।

तराईमा हुस्सु लाग्न थालेको छ । साथै देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.