धरानमा ३ वटा फ्याक्ट्री बनाएर युवा बेरोजगारी हटाउने हर्क साम्पाङको योजना

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले युवा बेरोजगार भएको हेर्न नसक्ने बताएका छन् । उनले सामाजिक संजालमार्फत धरानका युवा बेरोजगार भएको हेर्न नसक्ने र उनीहरुलाई रोजगारी दिलाउन जे पनि गर्न पछि नपर्ने बताएका छन् ।
उनले धरानमा तीन वटा फ्याकट्री खोल्ने समेत बताएका छन् । तर, केको फ्याक्ट्री खोल्ने भन्ने बारेमा केही खुलाएका छैनन् । उनले लेखेका छन, ‘कति पापड बेल्नु पर्छ बेल्छु । पापड मात्रै होइन बरु ढिंडो नै ओडार्छु को को सङ्ग जुध्नु पर्छ जुध्छु तर धरानलाई एउटा मात्रै होइन कम्तीमा ३ वटा फ्याक्ट्री बनाएर दिनेछु । युवा बेरोजगार भएको देख्न सक्दिन म ।’
प्रतिक्रिया