सामान्य विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
६ पुष २०७९ १७:३२

काठमाडौं । मोरङमा सामान्य विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ का ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिए पनि उपचार हुन नसक्दा घर ल्याएकोमा मृत्यु भएको थियो ।

उक्त घटनामाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको समेत प्रहरीले बताएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *