चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते

डिसी नेपाल
१० पुष २०७९ २१:३६
168
Shares

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका-४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाँस काट्न गएकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ ।

अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *