प्राध्यापन तथा अनुसन्धान बिधाबाट वरिष्ठ बैज्ञानिक डा कोइराला सम्मानित
पोखरा । श्रीपती कोइराला गुठीको ३० औ साधारणसभा श्रीपती समाजसेवा पुरस्कार बितरण समारोह भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ । गूठीबाट प्रदान गरिने यस बर्षको श्रीपती समाजसेवा पुरस्कार पद्द्म भवानी नमुना सेवा ब्रुद्दाश्रम सर्लाही लाई नगद पुरस्कार दुई लाख बाइस हजार दुइसय बाइससहित ताम्रपत्र , र पदक सहित सम्मानित गरिएको छ । वृद्धसेवाश्रमका संरक्षक र अध्यक्ष बासुदेव शरण कोइराला र भवानी कोइरालाले पुरस्कार ग्रहण गरेका थिए ।
उक्त कार्यक्रमका अवसरमा गुठी बाट प्रकाशित स्मारिका २०७९ बिमोचन गर्दै , पोखरा स्थित विभिन्न क्याम्पस र बिधालय बाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई श्रीपती बिद्यापदक साथै नगद पुरस्कार बाट सम्मानित गरेको हो । गूठीले गुठियार सम्मान बाट दुर्गा प्रसाद कोइराला र अनन्त प्रसाद कोइराला लाई सम्मान गरेको छ भने प्राध्यापन तथा अनुसन्धान बिधाबाट गूठीका सक्रिय सदस्य बरिस्ठ बैज्ञानिक डा निरन्जन कोइरालालाई सम्मान गरेको हो ।
सोही कार्यक्रममा गूठीका पुर्व अध्यक्ष कृष्ण प्रसाद कोइरालाले श्रीपती बिष्णुहरि ज्योतिष सेवा पुरस्कारका लागि नगद रु एक लाख गूठी लाई प्रदान गरेको छ । गुठीका अध्यक्ष लक्षमण कोइरालाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि कोइराला सेवा समाज नेपालका अध्यक्ष कृष्ण मुरारी कोइराला प्रमुख अतिथि रहेका थिए ।
आजै सम्पन्न अधिवेशन बाट फणीन्द्रराज कोइरालाको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ । कार्यक्रममा डा बिश्व कल्याण पराजुली , प्रतिभा मा वि का निर्देशक किरण सापकोटा , ब्रहम कुमारी सुधा दिदी , हेरम्व प्रसाद कोइराला लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम संचालक गूठीका सचीव नबराज कोइरालाले गरेका थिए ।
नेपालमा जैविक बिबिधता तथा जडिबुटी जन्य औसधि हरुको प्रचुर सम्भावना रहेकोले गर्दा नेपाल सरकार, प्रदेश तह, स्थानिय तह, संघ संस्था र सम्पूर्ण आम नेपाली जनताले हातेमालो गर्दै यो क्षेत्रलाइ आगाडी बडायेर देशको आर्थिक उन्नतिमा टेवा पुर्याउनु पर्नेमा बैज्ञानिक डा। निरन्जन कोइरालाले जोड दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment