लायन्स क्लव अफ काठमाडौं गाैतम बुद्धले डिस्ट्रिक टिमलाई गरे सम्मान
काठमाडौँ। लायन्स क्लव अफ काठमाडौं गाैतम बुद्धले डिस्ट्रिक टिमलाई सम्मान गरेकाे छ। लायन्स क्लव अफ काठमाडौं गाैतम बुद्धले २०७९ पाैष १० गते हाेटल सिवम् प्लाजा गाैशलामा नयाँ क्लव चार्टर तथा डिस्ट्रिक टिमलाई सम्मान गरेको हो।
लायन बर्ष २०२२/२०२३ काे लागि निर्वाचित भएका टिमले जुलाई १ देखि डिसेम्बर २५ सम्मकाे लगभग ६ महिनाकाे अवधिमा धेरै वटा महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै क्लवले डिस्ट्रिककाे नजरमा उत्कृष्ट क्लव भएको डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले बताए।
कार्यक्रममा सम्बाेधन गर्दै क्लवका अध्यक्ष बिष्णु पाेखरेलले लायन्स क्लव गाैतम बुद्धलाई असाहय, पिडित र भाेकाहरुकाे लागि सेवाकाे माध्यम बनाएर क्लबलाई अझ स्थापित गर्न लागि पर्ने र सबैले सहयाेग गरि उत्कृष्ट क्लव बनाउन समेत आग्रह गरे। उनले भने,’हामीले प्राप्त गरेको सूचना र आफुले देखेसम्म क्लवकाे तर्फबाट भाेकाकाे लागि पेट भर्न र नाङ्गो शरिरकाे लागि शरीर ढाक्न सहयोग गर्छौं।’
लायन्स क्लव काठमाडौ गाैतम बुद्धले लायन्स क्लव काठमाडौं काईड्नेस र ग्रेट बुद्ध गरि २ वटा क्लव चार्टर गरिसकेको छ। कार्यक्रममा लायन्स क्लवका मल्टिपल काेअर्डिनेटर अनन्त प्रसाद भेटवाल, पुर्व गभर्नर टंकबहादुर श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment