गजल : मेरो पर्खनाले

108
Shares

लियौ लक्ष्य पूरा गर्‍यौ साधनाले
दिलायो प्रशंसा मधुर सिर्जनाले

अनेकन बुहार्तन थिए कर्म पथमा
अझै झर्छ आँसु विगत सम्झनाले

हुँदै हैन गाली बुझे हुन्छ साथी
सही मार्ग टेकिन्छ आलोचनाले

उता हिँड्छ पीडक मनाएर उत्सव
यता रुन्छ पीडित सधैं वेदनाले

गर्‍यौ मात्र वाचा तिमी फर्किएनौ
गयो जिन्दगानी मेरो पर्खनाले

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.