गजल : मेरो पर्खनाले
लियौ लक्ष्य पूरा गर्यौ साधनाले
दिलायो प्रशंसा मधुर सिर्जनाले
अनेकन बुहार्तन थिए कर्म पथमा
अझै झर्छ आँसु विगत सम्झनाले
हुँदै हैन गाली बुझे हुन्छ साथी
सही मार्ग टेकिन्छ आलोचनाले
उता हिँड्छ पीडक मनाएर उत्सव
यता रुन्छ पीडित सधैं वेदनाले
गर्यौ मात्र वाचा तिमी फर्किएनौ
गयो जिन्दगानी मेरो पर्खनाले
No ads found for this position
प्रतिक्रिया


Facebook Comment