चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुगे

डिसी नेपाल
२४ पुष २०७९ १३:३४
108
Shares

काठमाडौं। नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्।

आइतबार काठमाडौं आइपुगेका उनले नेपाल – चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।

नेपाल –चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्। उनी नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *