बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा
काठमाडौं। चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेका छन्।
बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्याउने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो।
घोषित सहयोगअन्तर्गत फाउन्डेसनले प्रभावित क्षेत्रमा खाद्य सामग्री तथा आपत्कालीन औषधिको तत्काल व्यवस्थापन गर्नेछ। साथै, सुरक्षित बासस्थानको अभाव झेलिरहेका पीडितहरूका लागि अस्थायी शिविर (क्याम्प) हरूको निर्माण गरिनेछ।
दीर्घकालीन पुनःस्थापनालाई ध्यानमा राख्दै घरबारविहीन बनेका परिवारका लागि ५०० वटा अस्थायी घर (ट्राञ्जिसनल होम्स) निर्माण गर्ने योजना समेत फाउन्डेसनले अघि सारेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारसम्म प्रभावकारी रूपमा सहायता पुर्याउन चौधरी फाउन्डेसन र नबिल बैंकको टोली मैदानमा खटिने जनाइएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौधरी फाउन्डेसनले यसअघि पनि देशमा आइपरेका विभिन्न महाविपत्तिमा अग्रपंक्तिमा रहेर मानवीय सहायता प्रदान गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment