कुमारको सम्झनामा अमेरिकामा रक्तदान (तस्वीरहरु सहित)

डिसी नेपाल
२५ पुष २०७९ ६:२७

न्यूयोर्क। स्वर्गीय कुमार भट्टराईको सम्झानामा अमेरिकाको न्यू ह्याम्सायरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

न्यू ह्याम्सायरस्थित नेपालीहरुको नेतृत्वमा रहेको एभरेष्ट सेन्टेन्नियल लायन्स क्लब डिक्टिक्ट ४४ एचको आयोजनामा जनवरी ७ शनिबार भएको सो रक्तदानमा ३३ जनाले रक्तदान गरेका छन्।

स्वर्गीय भट्टराई अमेरिकाको न्यू ह्याम्सायरमा नेपाली र स्थानीय समुदायमा सामाजिक कामका लागि सक्रिय युवा थिए। व्यवसायमा पनि सफलता हाँसिल गरेका उनको गतबर्ष रहस्यमय ढंगले कारभित्र जलेको अवस्थामा मृत्यु भएको थियो।

स्थानीय लायन्स क्लबको नेतृत्वमा समेत रहेका भट्टराईप्रति श्रद्धाञ्जलि र सम्मानका लागि यो रक्तदानको कार्यक्रम आयोजना गरिएको थियो। रक्तदानपछि सहभागी सबैलाई स्वर्गीय भट्टराईकी पत्नी सीमा भट्टराईले धन्यवाद ज्ञापन गरेकी छिन्।

सो कार्यक्रममा उनले स्वयंसेवीको भूमिका खेलेकी थिइन्। आयोजक क्लबले सार्वजानिक गरेको विवरणअनुसार, ४७ जनाले रक्तदान गर्नका लागि नाम लेखाएकोमा इच्छुक सबैले रक्तदानको अवसर पाएनन्।

रक्तदानका लागि रेडक्रसको समय उपलब्धका कारण इच्छुक सबैले रक्तदान गर्न नपाएको सो क्लबले उल्लेख गरेको छ । उसले रक्तदानको अभियानलाई जारी राख्न अपिल पनि गरेको छ।

 

तस्विर सौजन्य : सीमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *