दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
२६ पुष २०७९ १३:४४
32
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच अर्थपूर्ण सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आफूले दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै त्यसका लागि आग्रह गरेको बताए।

उनले अहिले पनि देश शान्तिपूर्ण अवस्थामा नआइसकेकाले आफू फरक ढंगले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न लागिपरेको बताए।

‘शान्ति सम्झौतामा हस्ताक्षरकर्ताको नाताले अझै पनि केही काम गर्न बाँकी छ । त्यो बाँकी काम म यसपटक प्रधानमन्त्री हुँदा पूरा गर्न लागिपर्छु,’ प्रचण्डले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *