प्रदेश १ को सभामुखमा माओवादीका गौतमको उम्मेद्वारी, कांग्रेसले उम्मेदवारी नदिने

डिसी नेपाल
२६ पुष २०७९ १६:२४

विराटनगर । प्रदेश १ मा सभामुख पदका लागि माओवादीका प्रदेश भा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन्। सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्।

उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी भएका हुन्। एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन्।

कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएको छ। कांग्रेस संसदीयय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्बारी नदिने निर्णय गरेको काङ्ग्रेस दलका नेता उद्वव थापाले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *