पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा ज्ञानेन्द्रको सन्देश- राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुन्छ
फाइल फाेटाे।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुने बताएका छन्। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकमना सन्देश जारी गर्दै शाहले देशका सबै भूभागको रक्षा र समग्र देशको समृद्धिका लागि गहकिलो प्रयास हुनु पर्ने बताएका हुन्।
जनतालाई सेवा र सुविधा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि राष्ट्रलाई सुख नहुने उनले बताएका छन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment