लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

डिसी नेपाल
२७ पुष २०७९ ८:२५

दाङ। लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको लागी दावी पेश गर्न समय दिएका छन्।

सो समयभित्र माओवादी लगायत अन्य दलको समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउनेगरी दावी पेश गरिने छ। त्यसपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन्।

लुम्बिनीमा कुनैपनि दलको बहुमत नपुगेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गरेका छन्। अब प्रदेश प्रमुखले दिएकै समय सिमाभित्र मुख्यमन्त्री नियुक्तीको दावी पेश गरिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *