स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले विहीबार एक सूचना प्रकाशित गरी आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएका हुन्।
महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं १७६५ अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको जानकारी दिए। विसं २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment