दुर्घटनास्थलमा भीडका कारण एम्बुलेन्स छिर्न कठिनाइ
पोखरा। पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ। सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
पोखरामा ७ र १५ जोड्ने मितेरी पुल नजिक यति एयरको जहाज दुर्घटना भएकोमा अहिले उद्धार कार्य जारी छ। क्षतिका बारेमा अहिले यति नै भन्न नसकिने अवस्था रहेको छ।
दुर्घटनास्थलसम्म अत्यधिक भीडले उद्धार कार्यमा कठिनाइ भएको छ। घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ भएको अवस्था छ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।
यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो।







डिसी नेपाल







Facebook Comment