राष्ट्रपति भण्डारी मकर नुहाउन बराहक्षेत्रमा
धरान। राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुगेकी छन्। उनी आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आएकी हुन्।
आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुगेकी सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी थिइन्। यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ। यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ। हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment