पोखरा विमान दुर्घटनाः आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

डिसी नेपाल
१ माघ २०७९ १६:१८
304
Shares

गण्डकी। पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ।

आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन्। आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजको दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *