आज राष्ट्रिय भूकम्प दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

डिसी नेपाल
२ माघ २०७९ ६:४२
48
Shares

काठमाडौं। आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस। विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ।

यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो। त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो।

तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहेका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो।

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *