पोखरा विमान दुर्घटनाः चार जनाकाे शव फेला

डिसी नेपाल
२ माघ २०७९ ९:५५
3.7k
Shares

काठमाडौं। पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भएका ४ जनाको शव फेला पारी आज विहान गण्डकी अस्पताल लगिएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आज विहानै चार जनाको शव अस्पताल लगिएको हो। उनका अनुसार एक जनाको उद्दार प्रयास हुँदैछ।

सशस्त्र प्रहरी बलको गोताखोर, रोप रेस्क्यु र बिपद् उद्दार तालिम प्राप्त सहित १ सय १५ जना परिचालन भएका छन् । उद्धारकार्य जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *