रवि लामिछाने नागरिकता पुनःप्राप्तिका लागि प्रशासन कार्यालय पुगे

डिसी नेपाल
१५ माघ २०७९ ११:४४

काठमाडौं । रवि लामिछाने नागरिकता पुनःप्राप्तिका लागि काठमाडौंको जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनले आजै पुनःप्राप्तिको प्रक्रियाबाटै नागरिकता लिने बताइएको छ ।

उनको नागरिकता शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले अवैध ठहर गरेसँगै उपप्रधान तथा गृह मन्त्रीको जिम्मेवारी र पार्टी नेतृत्वबाट पदमुक्त भएका थिए ।

लामिछाने नागरिकता पुनःप्राप्तिका लागि पुगेपछि प्रशासन कार्यालय परिसरमा भिडभाड बढेको छ । सुरक्षा ब्यवस्था कडा पारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *