भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा
काठमाडौँ। नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ।
विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)–२०२२ सार्वजनिक गरेको छ। जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ।
यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ।
भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५औँ स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment