आत्मदाह घटनाकाे उच्चस्तरीय न्यायिक छानबिन गर्न माग
काठमाडौं। देशभर आत्मदाह तथा आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग गरिएको छ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद अमरेशकुमार सिंहले देशभर आत्मदाह र आत्महत्याको घटना बढेकाले यसको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेका हुन्।
प्रेमप्रसाद आचार्यले जस्तै देशभर आत्मदाह र आत्महत्याको घटना बढेको भन्दै उनले किन जनता आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगे भन्ने विषयमा उच्चस्तरीय न्यायिक छानबिन गर्र्नुपर्ने माग गरेका हुन्।
अघिल्लो साताको मंगलबार संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको भोलिपल्छ बुधबार उपचारका क्रममा निधन भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment