सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
११ फागुन २०७९ १०:४८

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *