सिंहदबार प्रवेशका लागि फोटो र प्रवेश अवधिसहितको पास वितरणको तयारी

डिसी नेपाल
१३ फागुन २०७९ १७:११
196
Shares

काठमाडौं। सरकारले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारमा प्रवेश गर्ने आगन्तुकका लागि फोटो र प्रवेश अवधिसहितको केन्द्रीय पास वितरण गर्ने तयारी गरेको छ।

पास वितरण तयारी गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। मुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बसेको बैठकले कम्प्युटर प्रणालीमा आधारित फोटो र अवधिसहितको पास वितरण गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिएको बताइएको छ।

उक्त बैठकले सिंहदरबारको पश्चिम प्रवेशद्वारबाहेक अन्य प्रवेशद्वारबाट कर्मचारीलाई प्रवेश गर्न र बाहिर जाने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *