एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६९ हजार बढीले पाए १० कित्ता

डिसी नेपाल
१४ फागुन २०७९ १०:१९

काठमाडौँ।  एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपिओ बाँडफाँट भएको हो।

कम्पनीको आइपिओमा १४ लाख ३२ हजार २२२ आवेदकबाट कुल १ करोड ५५ लाख २५ हजार ४०० कित्ताका लागि आवेदन परेको छ। जसमा १४ लाख २५ हजार ७२० आवेदकबाट परेको १ करोड ५४ लाख ४५ हजार ८२० कित्ता सदर भएको छ। भने ६ हजार ५०२ आवेदकबाट परेको ७९ हजार ५८० कित्ता बदर भएको छ।

सदर भएको आवेदनमध्ये भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

कम्पनीले गत माघ २७ गदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

त्यस्तै५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *